सहकारी र शेयर तथा बचत सदस्यहरूलाई राष्ट्रिय सहकारी महासंघकाे ९ बुँदे अपिल
- गाउँ सहर संवाददाता
- १७ श्रावण मंगलबार, २०७९ | १५:५४:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले ९ बुँदे अपिल गरेकाे छ । एकपछि अर्को सहकारी संघ संस्थाहरू धमाधम आर्थिक सङ्कटमा फस्न थालेपछि राष्ट्रिय सहकारी महासंघले संयमित हुन र सचेत हुन आग्रहसहित ९ बुँदे अपिल गरेको हाे ।
मंगलबार ९ बुँदे अपिल जारी गर्दै महासंघले तरलता व्यवस्थापन गर्दै जोखिमयुक्त क्षेत्रमा लगानी नगर्न, कर्जा सुरक्षणको व्यवस्थापन गर्न, सहकारी मूल्य मान्यतामा चल्न र राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय संघहरुले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ ।
कोभिड–१९ महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरूको मूल्यवृद्धि र मुद्रास्फीतिको असर समग्र अर्थतन्त्रमा पर्न गई बैंक तथा वित्तीय संस्थाहरूमा नै तरलता अभावको समस्या सिर्जना भएको र सोही समस्या सहकारी क्षेत्रमा समेत परेकाले सचेत र संयमित भएर मात्र आर्थिक कारोबार गर्न महासंघले अपिल गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस