नेपाली गोलकिपर किरणकुमार लिम्बू माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित
- गाउँ सहर संवाददाता
- १७ श्रावण मंगलबार, २०७९ | ०९:०८:०० मा प्रकाशित

काठमाडाैं । किरणकुमार लिम्बू माल्दिभ्सको लिगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर चेम्जोङ माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपर घोषित भएका हुन् ।
किरण आबद्ध माजिया एससीले सिजनको लिग जितेको थियो । माजियाले लिग जित्दा किरणले उत्कृष्ट प्रदर्शन गरेका थिए । माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनबाट खेलेका किरण सिजनको उत्कृष्ट गोलकिपर बनेका हुन् ।
किरण गत मंसिरमा २०२१/२२ सिजनका लागि माजियामा आबद्ध भएका थिए ।
किरणले व्यक्तिगत दोस्रो पटक माल्दिभ्सको लिगको उपाधि जितेको हो । यस अघि उनले टिसी स्पोर्टस क्लबबाट उपाधि जितेका थिए ।
किरणले २०१७ र १८ को सिजन टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको लिग खेलेका थिए । किरण २०१८ को लिगमा उत्कृष्ट गोलकिपर चयन भएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस