वातावरण

कास्की जिल्लाको पोखरा र आसपास केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुराेध

काठमाडाैँ । जल तथा मौसम विभाग, नेपाल बाढी सूचनाले साउन १६ बेलुका ९ः४० बजे जारी गरेकाे सूचनाअनुसार हाल कास्की जिल्लाको पोखरा र आसपास केही स्थानमा भारी वर्षा मापन भएको छ र थप वर्षा हुने पुर्वानुमान रहेकाे बताएकाे छ ।

उसले उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले, बिहान ६ बजे सम्म सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता