राजनीति

देउवा र पुष्पकमलको संरक्षणमा नेपालमा “राजपाक्षे” हरूले जन्मिरहेका छन् : डा.लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले

प्रजातन्त्रको उदारवादी आदर्श लाई हाकाहाकी दुरुपोग गरेर एकातिर नेपाली राष्ट्रीयता र अस्तित्व लाई बन्धकमा राख्ने प्रयास भैरहेको बताउनु भएको छ ।

डा.लोहनीले सामाजिक सन्जालामा लेख्दै भनेका छन, 'प्रजातन्त्रको उदारवादी आदर्शलाई हाका हाकी दुरुपोग गरेर एकातिर नेपाली राष्ट्रियता र अस्तित्वलाई बन्धकमा राख्ने प्रयास भैरहेछ भने अर्कोतिर भ्रष्टाचार र लुटतन्त्रलाई प्रजातन्त्रको विशेषता र पद्धितीको रुपमा संस्थाकरण गर्ने अभियान द्रुत गतिमा अगाडी बढी रहेको छ ।'

'श्रीलंकामा जस्तो नेपालमा पनि नयाँ “राजपाक्षे” हरु देउवा र पुष्प कमलको संरक्षणमा तथा प्रोत्साहनमा निस्किरहेका छन । जनार्दन शर्मा यो नयाँ “विकास” का जिता जागता उदहारण हुन् । यो यथार्थतालाई मनन गरेर यसको बिरुद्ध डटेर संघर्ष गर्नु हामी राष्ट्रवादीहरुको देशप्रतिको कर्तब्य हो' लोहनीले भनेका छन ।

गाउँ सहर संवाददाता