खेल

भारतसँग नेपालकाे ८-० काे लज्जास्पद हार

काठमाडाैं । नेपाल भारतसँग ८–० ले गोल पराजित भएको छ । साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरुद्ध लज्जास्पद हार व्यहोरेको हाे ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे ।

टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक एक गोल गरे ।

अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

गाउँ सहर संवाददाता