बीमा रकमकाे लाेभमा नक्कली बिहेदेखि हत्यासम्म
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | १५:५०:०० मा प्रकाशित

काठमाडौं । सवारी दुर्घटनामा मृत्यु भएका बाँके कोहलपुर नगरपालिका ११ बस्ने २१ वर्षीय सर्जन बिकको नाममा गरिएको सावधिक जीवन बिमा र म्यादी जीवन बिमा बापतको नगद २ करोड ५० लाख रूपैयाँ ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका २ बस्ने २१ वर्षीया सपना मल्ल, स्याङ्जा वालिङ नगरपालिका ६ वतन भई हाल बाँके कोहलपुर नगरपालिका ११ बस्ने ३१ वर्षीय सञ्जिव अर्याल, कोहलपुर नगरपालिका १५ बस्ने ३२ वर्षीय सरदार अहमद खाँ, बाँके बैजनाथ गाउँपालिका ८ वतन भएका ३३ वर्षीय टोप बहादुर राना क्षेत्री, कोहलपुर नगरपालिका ११ वतन भएका ३८ वर्षीय दिपक केसी र कोहलपुर नगरपालिका १ वतन भएकी आरती भन्ने २१ वर्षीया ललिता सापकोटा रहेका छन् ।
बैजनाथ गाउँपालिका ६ लालपुरस्थित भित्री सडकमा टोप बहादुरले चलाएको भे.१ ख २४९१ नम्बरको मिनी बसको ठक्करबाट गम्भीर घाइते भएका भे.१० प १७२७ नम्बरको मोटरसाइकलमा सवार सर्जनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा २०७८ वैशाख २ गते मृत्यु भएको थियो । मृतकको बीमा बापतको रकम रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीबाट मृतककी श्रीमती सपना मल्लले बुझि कामना सेवा बिकास बैंक कोहलपुरमा रहेको आफ्नो बैंक खातामा जम्मा गरेको र उक्त रकम बाडफाड समेत गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
सर्जन विकको सवारी दुर्घटनामा भएको मृत्यु शंकास्पद देखिएकोले सत्यतथ्य अनुसन्धान गरिपाउँ भन्ने नेपाल पुर्नबिमा कम्पनीबाट पत्राचार भएपछि सुक्ष्म अनुसन्धानको क्रममा विभिन्न भूमिका सहित उनीहरू ठगीमा संलग्न भएको खुल्न आएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले सपनालाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सोमबार तथा सन्जीव, सरदार अहमद, टोप बहादुर, दिपक र ललितालाई बाँके कोहलपुरबाट बुधबार पक्राउ गरेको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस