वातावरण

शुक्रबार धेरै प्रदेशहरूमा भारी वर्षा

काठमाडाैँ । २०७९ श्रावण १३ गते (शुक्रबार), जल तथा माैसम विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रहने छ । देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता