नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित, राष्ट्रपतिले प्रमाणीकरण गर्न बाँकी
- गाउँ सहर संवाददाता
- १२ श्रावण बिहीबार, २०७९ | १७:१७:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधिसभा पारित भएकाे नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।
बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । त्यसपछि राष्ट्रियसभाले बहुमतले उक्त विधेयक पारित गरेको हो ।
यो विधेयकलाई प्रतिनिधिसभाले ६ साउनमा पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ ।
यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् । त्यस्तै बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने भएका छन् ।
विधेयक पारित भएपछि गैर आवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकको अधिकार पाउने गरी नागरिकता पाउनेछन् ।
जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ । तर कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् । लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसदबाट पारित नहुँदा उनीहरूको दैनिक जनजीवन समेत प्रभावित भएको छ । नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएका उनीहरूको समस्या समाधान हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
प्रतिकृया दिनुहोस