अर्थतन्त्र

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याक सँगै अतिरिक्त रू. २०० छुट

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आइएमई पे” ले हवाई उडान टिकटमा यहीँ श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू.२०० बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको उसले बताएकाे छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्ने कम्पनीले जनाएकाे छ ।

गाउँ सहर संवाददाता