रामेछाप एमालेले असहयाेग गर्ने नेता कार्यकर्तालाई कारबाही थाल्याे
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | २१:४९:०० मा प्रकाशित

रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयाेग गर्ने नेता कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही थालेकाे छ ।
एमालले साेमबार ९ जना नेता कार्यकर्तालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ ।
कारबाही पर्नेहरूमा मन्थली नगर कमिटी सचिव राजु कार्की, सदस्य रवि माझी र गोपाल थापा मगर, लिखु तामाकोशी गाउँपालिका–५ का अम्बर बहादुर खड्का छन् ।
त्यस्तै मन्थली नगरपालिका– १३ मै स्वतन्त्र उम्मेद्वार बनेका तत्कालिन जिल्ला सदस्य भगवती चौहान, सल्लाहकार सदस्य कृष्ण पौडेललाई निष्काशन गरिएको छ ।
मन्थली नगरपालिका– १३ का विदुर चौहान, महेन्द्र पुरी र प्रेम गिरीलाई जिम्मेवारीबाट हटाउदै स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ ।
उनीहरूलाई स्थानीय पार्टी कमिटीको सिफारिसरमा जिल्ला कमिटीको बैठकले कारवाही गर्ने निर्णय गरेको हो ।
पार्टीको हित विपरीत चुनावमा विपक्षीसँग तालमेल गरेर पार्टीलाई धोका दिएको भन्दै साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस