कला

भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

  • ९ श्रावण सोमबार, २०७९ | २०:४१:०० मा प्रकाशित

 

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् ।

उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।

केसीले उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

Sundar Pratap Baniya लेख्नुहुन्छ १० श्रावण, २०७९ ०९:५८ am

गत वैशाख २० गते अभिनेता भुवन केसी कांग्रेस प्रवेश गरेका थिए।

तपाईँको मत