चुनावी खर्च बढेर श्रमजीवी र क्रान्तिकारीहरूले चुनाव जितेर आउने कुरा सपना झैँ : प्रचण्ड
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | १२:१४:०० मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रमजीवी जनता र क्रान्तिकारीहरूले चुनाव जितेर आउने कुरा सपना झैँ भएको बताएका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको निर्वाचनबाट दलाल, पुँजीपती र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको भन्दै दलहरूमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए ।
अध्यक्ष दाहालले भने-‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ,' उनले भने, 'गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो । श्रमजीवी जनता र क्रान्तिकारीहरूले चुनाव जितेर आउने भनेको सपना जस्तो हुने भयो । दलाल पुँजीपतिहरू आउने भए । भ्रष्टहरू आउने भए । यसलाई विषय बनाएर गहिरो गरी राजनीतिक दलहरूभित्र पनि छलफल गर्न आवश्यक छ ।'
निर्वाचनमा दलाल पुँजीपतीहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् ।
उनले अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए । स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी आफूले पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्बमाथि हुने उनको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्राप्त प्रतिक्रिया
ठिकहाे याे जनअान्दालनले बढारेर फाल्नु पर्छ लाेभि पापि सबै बन्न नपाउन हाेस गर्नुहाेस
प्रतिकृया दिनुहोस