गाउँ सहर

यी १६ निर्माण कम्पनी कालाेसूचीमा परे

काठमाडौं । थप १६ निर्माण कम्पनी कालाेसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हाे । कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै कालोसूचीमा थपिएका कम्पनीको विवरण सार्वजनिक गरेको छ ।

कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदकार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।

हाल कालोसूचीमा थपिएका कम्पनीहरूलाई कम्पनीअनुसार एकदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक निकायको खरिदकार्यमा प्रतिबन्ध गरिएको छ ।

गाउँ सहर संवाददाता