श्रीमतीको हत्या गरेर भाग्ने हुँदा श्रीमान्को पनि मृत्यु
- गाउँ सहर संवाददाता
- ९ श्रावण सोमबार, २०७९ | ०८:२६:०० मा प्रकाशित

चितवन । चितवनको भरतपुरमा श्रीमान्ले श्रीमतीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेका छन् । भरतपुर महानगरपालिका–१० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण आफ्नै श्रीमती ३५ वर्षीय रुष्मा आचार्य घिमिरेलाई आइतबार राती करिब साढे १० बजेको समयमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कृष्णप्रसादले आफ्नै घरको तीन तला माथि रहेको बैठक कोठामा श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भई उपचारको लागी रुष्मालाई पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार राती नै १०ः४० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
खुकुरी प्रहार गर्ने निजको श्रीमान् सोही तीन तला माथिबाट हाम फाली भाग्न खोज्दा श्रीमानको पनि मृत्यु भएको अधिकारीले बताए । हाम फालेर भाग्न खोज्दा गम्भीर घाइते भएका कृष्णप्रसादको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राती ११ बजे मृत्यु भएको उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस