आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण
- गाउँ सहर संवाददाता
- ७ श्रावण शनिबार, २०७९ | १८:४५:०० मा प्रकाशित

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल माननीय गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरे । माननीय मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै माननीय गृहमन्त्री बालकृष्ण खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपमा अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैलाई जानकारी नै छ । कठिन भौगोलिक अवस्थाको कारणले गर्दा हाम्रो देश भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा छ । त्यसैगरी भविष्यमा कोभिड जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । त्यस्तै, सडक, हवाई र निर्माण सम्बन्धी ठूला दुर्घटना हुने सम्भावना पनि रहन्छ नै । त्यसैले जनताको जीवन रक्षाका लागि सधैं तयार रहनु अति आवश्यक छ ।
यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ ।
यी भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन् । त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन् । यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।
यस्ता ठुला दुर्घटना र विपद्को समयमा मास क्यारिङ् भेहिकलको अभावमा वर्षेनी हजारौं व्यक्तिहरु अस्पताल पुर्याउदा पुर्याउदै अनाहकमा ज्यान गुमाउने गरेका छन् । हामीलाई आशा छ यी भेहिकलले यसको न्यूनीकरणमा ठूलो भूमिका निर्वाह गर्नेछ ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह सचिव टेकनारायण पाण्डेलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस