रामेछापका यी स्थानीय तहमा १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्वीकृत
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | २२:१८:०० मा प्रकाशित

काठमाडौं । रामेछापका लागि चार वटा स्थानीय तहमा १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ ।
सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैय्याका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्वीकृत गरेकोमा रामेछापमा लिखु तामाकाेशी गाउँपालिका,सुनापति गाउँपालिका, दाेरम्बा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाका अस्पतालहरू परेका हुन् ।
जसअनुसार लिखु तामाकाेशी र दाेरम्बा गाउँपालिकाका लागि १५ र सुनापति र उमाकुण्ड गाउँपालिकाका लागि १० शैय्याका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्वीकृत भएकाे हाे ।
नमूना संरचना र दरबन्दी अनुसार ५ शैय्याको अस्पतालमा ८औं तहका मेडिकल अधिकृतको नेतृत्वमा १८ जना जनशक्ति रहनेछन् । १० शैय्यामा २ जना मेडिकल अधिकृतसहित २२ जना र १५ शैय्यामा ९ वा १०औं तहको नेतृत्वमा ३० जना जनशक्ति रहनेछन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २१ गतेको निर्णय अनुसार नमूना संगठन संरचना र दरबन्दी स्वीकृत भएको हो ।
मन्त्रालयले स्वीकृत भएको नमूना संगठन संरचना र दरबन्दी सबै स्थानीय तहलाई पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा असार २७ गते पठाएको थियो ।
सोही पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सोमबार नमूना संगठन संरचना र दरबन्दी पठाएको छ ।
१० शैय्यामा २ जना मेडिकल अधिकृतसहित २२ जना र १५ शैय्यामा ९ वा १०औं तहको नेतृत्वमा ३० जना जनशक्ति रहनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस