गाउँपालिकाको अनुदानमा सयपत्री फूल खेती
- गाउँ सहर संवाददाता
- ३ श्रावण मंगलबार, २०७९ | २२:१२:०० मा प्रकाशित

वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन्।
फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती थालेकामा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो।
यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह तथा व्यक्तिको ३५ रोपनीमा सयपत्री फूलखेती गरिने गाउँपालिकाका अध्यक्ष खीमबहादुर थापाले बताए।
‘गाउँपालिका आफैँले फूलखेती गरेर उत्पादित फूल बिक्रीबाट मनग्य आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि यसको व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ,’ उनले भने।
गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछारमा करिब १५ रोपनीमा व्यावसायिक फूल खेती गर्नका लागि नर्सरी स्थापना गरिएको उनले बताए। गाउँपालिकाले व्यावसायिकरुपमा फूलखेती गर्नका लागि नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनौट भइ आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिइएको प्रमुख प्रशासकीय अधिकृत टङ्कराज पाण्डेयले बताए।
‘खनजोतदेखि फूल उत्पादन हुँदासम्म गाउँपालिकाले प्रतिरोपनी नौ हजारका दरले अुनदान उपलब्ध गराउने छ,’ उनले भने, ‘उत्पादित फूल तथा माला कृषक समूह वा कृषकले आफै बिक्री गर्न पनि सक्ने तर बिक्री नभएमा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाउने छ।’
गत वर्ष गाउँपालिकाले परीक्षणकारुपमा थालेको फूलखेतीको उत्पादन तथा बजारीकरण राम्रो भइ मनग्य आम्दानी गरेपछि यसवर्षदेखि कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए। पालिकाका सातवटै वडाका तीन महिला समूह, एक घरबास (होमस्टे) र कृषक समूह छनौट भएका हुन्। कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनीसम्म जग्गामा व्यावसायिक फूलखेती गर्नेछन्।
‘पालिकाले नर्सरी राखेको स्थानमा नै सबै कृषक समूह तथा व्यक्तिलाई बोलाई प्राविधिक ज्ञान, नर्सरी स्थापना, औषधि, बीउ तथा आधुनिक औजार उपलब्ध गराएका छौँ,’ उनले भने, ‘कृषक समूह तथा व्यक्तिले यहाँ सिकेका सीपलाई आआफ्नो ठाउँमा प्रयोग गर्नुभएको छ, अहिले बीउ राखेर बेर्ना उमारी सक्नुभएको छ।’
बीउ राखेको ९० दिनमा उत्पादन लिन सकिने छ। गाउँपालिका तथा कृषक समूह, कृषकले विशेष गरी दसैँ तिहारलाई लक्षित गरेर फूलखेती सुरु गरेको उनले बताए। गाउँपालिकाले यसवर्ष सयपत्री कर्मा ५५५ जातको बीउ लगाएको छ। एउटा बोटबाट ४०० सम्म फूल उत्पादन हुने र विभिन्न चरणमा आगामी चैतसम्म टिप्न सकिने उनको भनाइ छ।
फूलको व्यावसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ। कालीगण्डकी गाउँपालिका–४ को बिर्घा पुछारमा व्यावसायिकरुपमा ड्रागन खेतीसमेत परीक्षणका रुपमा गरिँदै आएको छ। रासस

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस