साउने पहिलाे साेमबार हरियाे चुरा-पाेते, हरियाे नै शेयरबजार
- गाउँ सहर संवाददाता
- २ श्रावण सोमबार, २०७९ | १५:३०:०० मा प्रकाशित

काठमाडौं । साउन महिना हरियाे चुरा, हरियाे पाेते, हरियाे कुर्थासुरूवाल, हरियाे साडी मात्रै हाेइन हरियाली शेयरबजार पनि शुरू भएकाे छ ।
साउनको पहिलो दिन हिजाे आइतबार बजारमा सामान्य गिरावट आएको भएपनि दोस्रो दिन साेमबारकाे कारोबारमा भने सुधार देखिएको छ ।
यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्सेमा एक अर्ब ३१ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएकामध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९८.६० रुपैयाँ कायम भएको छ भने इनर्जी नेपाल लिमिटेडको शेयरमूल्य पनि ९.६२ प्रतिशतले बढेर प्रतिकित्ता ७७४ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज सानीमा लार्ज क्याप फण्ड र कुमारी इकयुटी फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बेला बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस