अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड
- गाउँ सहर संवाददाता
- ३२ असार शनिबार, २०७९ | १४:०८:०० मा प्रकाशित

अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।
कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरि बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।
सो शेयरमा कुल १४ लाख ५५ हजार ३८४ आवेदकले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८११ आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ५२ हजार ५७३ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ३९ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडि सकिएको छ । कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको थियो । यो आयोजनाबाट अब जम्मा १४.९० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस