शेयर बेच्नुभयाे कि किन्नुभयाे ? उकालाे यात्रामा नेप्से, दुई अर्ब बढिकाे काराेबार
- गाउँ सहर संवाददाता
- २९ असार बुधबार, २०७९ | १५:१७:०० मा प्रकाशित

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से ११.४७ अंकले बढेर एक हजार ९ सय २७ दशमलब २८ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्सेमा दुइ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, सिइडीबी हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सिटिजन्स म्युचुअल फण्ड, नबिल ब्यालेन्स फण्ड, कुमारी इकयुटी फण्ड, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, ग्रिनलाइफ हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम सिमेन्टको भएको छ । यसको आज ९ करोड २ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस