भक्तपुर अस्पतालको न्युनतम सेवा मापदण्डबारे संयुक्त मूल्यांकन
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | २०:१५:०० मा प्रकाशित

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारी अस्पतालहरुले समयसापेक्ष ढंगले सेवा सुविधा बढाउँदै लानुपर्ने बताएका छन् ।
भक्तपुर अस्पतालको आयोजनामा भएको भक्तपुर अस्पतालको न्युनतम सेवा मापदण्ड (एम.एस.एस) बारे भएको संयुक्त मूल्यांकन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सके धेरै जनता लाभान्वित हुने बताए ।
भक्तपुर अस्पताल बागमती प्रदेशकै नमुना अस्पतालको रुपमा स्थापित हुनु आफैँमा गौरवको विषय भएको बताउँदै उनले पछिल्लो दिनमा भक्तपुर अस्पतालमा उपचार सेवादेखि लिएर जनशक्ति, उपकरण र व्यवस्थापन समेत सुदृढ र बलियो बन्दै गएको बताए ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शैय्या क्षमताको ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्षदेखि सिटी स्क्यान सेवा सञ्चालन गर्ने योजना रहेको बताउँदै उनले ख्वप अस्पताललाई नमूनाका रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले नेपालकै दोस्रो जेठो भक्तपुर अस्पतालमा उपलब्ध सेवा सुविधा र चुनौतीहरुबारे जानकार गराउँदै भक्तपुर अस्पताल सबैको साझा अस्पताल भएको हुँदा यसको विकास र प्रगतिमा सबैले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा संघीय स्वास्थ्य मन्त्रालयका पवनकुमार साहले भक्तपुर अस्पतालको गुणस्तर सुधारको लागि न्युनतम सेवा मापदण्डबारे समीक्षा गर्दै अस्पतालको सबल पक्ष र कमजोर पक्षबारे अवगत गराएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस