गाउँ सहर
पोखरा महानगरका प्रमुख धनराज आचार्यद्वारा सामुदायिक विद्यालय सुधार गरेरै छाड्ने
- गाउँ सहर संवाददाता
- २७ असार सोमबार, २०७९ | २०:०५:०० मा प्रकाशित

पाेखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले सामुदायिक विद्यालय सुधार गरेरै छाड्ने बताएका छन् । उनले विद्यार्थी र अभिभावकको पहिलो रोजाई सामुदायिक विद्यालय बन्नेगरि शिक्षा क्षेत्रमा सुधार गरेरै छाड्ने अठोट गरेका हुन् ।
पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालय (जनप्रकाश मावि, त्रिभुवन शान्ति मावि, अम्मरसिंह मावि र ब्रह्मरुपा मावि) लाई सोमबार स्कुल बस हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो अठोट गरेका हुन् ।
प्रमुख आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले संयुक्त रुपमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई स्कुल बस र चावी हस्तान्तरण गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस