एन सि सि एस कलेजको BIM, BHM, BSc.CSIT, BBM, र BCA को अभिमुखीकरण कार्यक्रम सम्पन्न
- गाउँ सहर संवाददाता
- २६ असार आइतबार, २०७९ | १८:४१:०० मा प्रकाशित

काठमाडाैँ । एन सि सि एस कलेजले जुलाई ३ तारीखका दिन आकामा हाेटल धुम्बाराहीमा बि आई एम, बि एच एम, बि एस सि सिएसआईटी, बि बि एम र बि सि ए अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम आयाेजना गरेको छ ।
उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल गणेशमान सिङ बस्नेतले स्वागत मन्तब्य व्यक्त गर्दै कार्यक्रममा अध्ययन अवधिभर विद्यार्थीकाे सिर्जनात्मक कृयाकलापमा बित्ने जानकारी गराए । इन्स्टिच्युट अफ ईन्जिनियरिङ सस्थाका डिन प्राेफेसर डाक्टर ससीधर राम जाेसीले इन्फर्मेसन टेक्नोलोजीकाे अध्ययन अवसर र फाइदाका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउँदै सूचना र प्रविधिकाे जगतमा अध्ययन गर्नका लागि स्वागत समेत गरेका थिए ।
त्यस्तैगरी हाेटल म्यानेजमेन्ट एक्सपर्ट सूर्यकिरण श्रेष्ठले एन सि सि एस कलेजमा विध्यार्थीहरुले हाेटल म्यानेजमेन्ट अध्ययन गर्दा ध्यान पुर्याउन पर्ने कुराहरू र हाेटल म्यानेजमेन्टकाे मर्म बुजेर यस क्षेत्रकाे आफ्नाे व्यक्तित्व विकास गर्नका लागि उत्प्रेरित गरेका थिए । बि एस सि सि एस आइ टी, बि आई एम र बि सि ए अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरि आईटी एक्सपर्ट डाक्टर सन्जिव प्रसाद पाण्डेले आईटीकाे महत्त्व र यसकाे अवसरकाे वारेमा प्रकाश पारे ।
कार्यक्रमलाई भब्य, सभ्य र मर्यादित बनाउन सहयोग गर्ने विभिन्न विषयगत विशेषज्ञहरुलाई एन सि सि एस म्यानेजमेन्ट कन्सलटेन्ट तथा एन सि सि एस स्कुलका प्रिन्सिपल शंकर राज जाेसीले आफ्नाे मन्तव्य व्यक्त गर्दै उपस्थित सबैमा धन्यवाद व्यक्त गरे ।
कार्यक्रमकाे अनाैपचारीक सत्रमा विद्यार्थीहरुले आफ्नाे विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस