पोखरा ३३ भरतपोखरीमा रचना वाचन, असारे भाका र रैथाने विमर्श
- गाउँ सहर संवाददाता
- २५ असार शनिबार, २०७९ | १९:०३:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा शनिवार रचना वाचन, असारे भाका र रैथाने विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
सिर्जना र असार समूह साहित्य श्रृंखला पोखराका संयोजक स्ट्रगल रानाकोे अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा बोल्दै पोखरा साहित्य प्रतिष्ठानका कुलपति पदमराज ढकालले असारे भाका संरक्षण हुनुपर्ने बताउँदै गीतहरु समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माधव खतिवडा, विष्णुहरि पौडेल, बसन्धरी भुवाईको समूह, संगम साँस्कृतिक समूह, शिव अधिकारी, ज्ञानु आचार्य, भीमराज आश्रम, भीम रानाभाट लगायतका स्रष्टाले रचना वाचन गर्दै आआफ्ना प्रस्तुति राखेका थिए ।
सरस्वती टीका माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराज आचार्यले स्वागत गरे भने काजी गाउँलेले कार्यक्रम सञ्चालन गरेका थिए । संस्थाका परिकल्पनाकार धनबहादुर तामाङ्ग, स्थानीय धनबहादुर भुजेल, हेम बहादुर थापा किरण लगायतले बोलेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस