महंगी र भ्रष्टाचारको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना
- गाउँ सहर संवाददाता
- २४ असार शुक्रबार, २०७९ | १६:०४:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले शुक्रबार महंगी र भ्रष्टाचारको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
राप्रपाको र्यालीले आकाशिंदो मूल्य वृद्धिले जनता मारमा परेको भन्दै फिदिम बजार परिक्रमा गरेको थियो । भ्रष्टाचारको अन्त्य र किसानलाई मल, बिउ उपलब्ध हुनु पर्ने भन्दै नारा लगाएको थियो ।
‘सरकारको उपस्थिति नाममा मात्र सीमित भएको छ । सिंहदरबारमा अवस्थित वर्तमान सरकारले जनताको पीर मर्का बुझ्न सकेन । चरम मूल्य वृद्धि र भ्रष्टाचारको माध्यमबाट सरकारले जनतालाई सास्ती मात्र दिएको छ । हामी यसको विरोध गर्दछौं र जनतालाई समयमै राहत दिन सरकारसँग जोडदार माग गर्दछौं,’ राप्रपा पाँचथर जिल्ला आन्दोलन परिचालन समितिका संयोजक तथा पूर्व केन्द्रीय सदस्य राजकुमार जोशीले धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै भने ।
सरकारले किसानलाई मल र बिउ जस्तो आधारभूत सेवा दिन नसकेको भन्दै राप्रपा पाँचथरका नेता झलक थापाले सरकारको आलोचना गरे । शान्ति सुरक्षा र सुशासनको समेत माग गरे ।
जिल्ला प्रशासन कार्यालय परिसरमा बोल्दै थापाले भने, ‘आम जनता पिडामा छन्, किसान कष्टमा छन् तर सरकार कानमा तेल हालेर बसेको छ । सरकारको यस्तो गैरजिम्मेवारीले कष्टमाथि कष्ट मात्र बढ्ने अवस्था छ । त्यसैले सरकार जिम्मेवार बनोस् भनेर हामीले देशव्यापी विरोध गरेका छौं ।’
राप्रपा पार्टी कार्यालयबाट र्यालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले मूल्य वृद्धि नियन्त्रण गर, भ्रष्टाचार अन्त्य गर, किसानलाई सहज रूपमा मल उपलब्ध गर, सुफत मूल्यमा बिउ बिजन वितरण गर, शान्ति सुरक्षा कायम गर, सुशासन कायम गर भनेर नारा लगाएका थिए ।
मानदेव केरुङ, राजकुमार जोशी, कमल चेम्जोङ, नेत्र लावती, देवी तुम्बापो, झलक थापा र कमल कुमार राई सम्मिलित राप्रपा पाँचथरको प्रतिनिधिमण्डलले प्रजिअ सुरेश न्यौपानेलाई भेटेर राप्रपाका मागहरुबारे सरकारको ध्यानाकर्षण गराएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस