गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन चलिरहेछ - प्रचण्ड
- गाउँ सहर संवाददाता
- २३ असार बिहीबार, २०७९ | १३:०३:०० मा प्रकाशित

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भइरहेको बताएका छन् ।
माओवादी केन्द्रको तेस्रो पूर्ण बैठकको तेस्रो दिनको बैठकलाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसदमा कुरा उठेपछि अर्थमन्त्रीले राजीनामा दिएर नैतिकता प्रदर्शन गरेकाे बताए ।
प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएर विरोधीहरूलाई गतिलो जवाफ दिएको बताए । सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने डिजाइनअन्तर्गत अर्थमन्त्रीको विषयमा उछालिएको उनले जिकिर गरे ।
‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ। संसदमा कुरा उठेपछि उहाँँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ । नगरेको भए त्यही विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भइरहेको थियो’, प्रचण्डले भने।
जनार्दन शर्माले त्याग गरेर षड्यन्त्रमा लागेहरूलाई जवाफ दिएको विषय माओवादी कार्यकर्ताले जनतामा प्रचार गराउनुपर्ने प्रचण्डले बताए ।
चाँडै विशेष महाधिवेशन
प्रचण्डले चाँडै विशेष महाधिवेशन गर्ने बताएका छन् ।
समाजवादी क्रान्तिलाई नयाँ उचाइमा पु¥याउने गरी अभियान चलाउने पनि बताए ।
‘छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भने ।
माओवादी केन्द्रले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । महाधिवेशनले निर्वाचित गरेको पार्टी कमिटीलाई थप गति दिनका लागि विशेष महाधिवेशन गरिने उनले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस