दिगोविकास

नागरिक समाजकाे आग्रह भन्दै अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

बैठकमा सम्बोधन गर्दै शर्माले भने- 'नागरिक समाज तथा युवा पंत्तिलाई धन्यबाद जसले मेराे राजीनामा मागे तर मैले गल्ति गरेकाे छैन । तपाइँहरूकाे आवाजलाई सम्मान गरेर राजीनामा दिएकाे छु तथ्यमा गइदिनुहाेला ।' 

विगतमा मन्त्रीमाथि छानबिन गर्दा पदमा बहालै रहेका उदाहरण भए पनि आफू त्यो नगर्ने उनले बताए । “विगतमा मन्त्रीमाथि छानबिन हुँदा मन्त्रीहरु बहालै रहेर छानबिन भएको थियो,” मन्त्री शर्माले भने, “तर म त्यसो गर्दिनँ छानबिन समितिलाई पूर्ण सहयोग गर्नेगरी आजैका मितिदेखि पदबाट हट्ने निर्णय गरेको छु ।”

गाउँ सहर संवाददाता