बजेट निर्माणमा चाैधरी ग्रुपकाे कुनै संलग्नता नरहेकाे स्पष्टाेक्ति
- गाउँ सहर संवाददाता
- २२ असार बुधबार, २०७९ | १४:४३:०० मा प्रकाशित
काठमाडाैं । बजेट निर्माण प्रक्रियामा चौधरी ग्रुपको कुनै संलग्नता नभएको भन्दै जोडेर सामाजिक सञ्जालमा आएका कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
चाैधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै बजेटका सन्दर्भमा चाैधरी ग्रुपकाे संलग्नता नरहेकाे दाबी गरेका हुन् ।
‘बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । हाम्रो संलग्नताको बारेमा बिनाआधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ,’ उनले भनेका छन् ।
बजेट निर्माणमा चौधरी ग्रुपको संलग्नता कहीँ कतै पुष्टि भएमा कारवाही भोग्न तयार रहेको उनले उल्लेख गरेका छन् ।
उनले यस सम्बन्धमा छानबिन गर्न पनि माग गरेका छन् । ‘यस मामिलामा यदि हाम्रो संलग्नता कतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ,’ उनले भनेका छन् ।
नेपालमा नेटा भी विद्युतीय गाडीको आधिकारिक विक्रेता चौधरी ग्रुप हो। यो गाडी कर छुटको मापदण्डमा पर्ने गरि १ सय किलोवाट भन्दा माथिलाई मात्रै कर बढाइएको आरोप छ । त्यस्तै चाउचाउ उद्योगले वनस्पति तेल आयत गर्न पाउने निर्णय भएपछि यसमा पनि चौधरी ग्रुपलाई जोडिएको छ ।
बजेटमा करका दर हेरफेर गर्ने क्रममा अर्थमन्त्री शर्माले चाैधरी ग्रुपसँग सम्बन्धित व्यक्तिकाे प्रयाेग गरेकाे आराेप लागिरहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
- ‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
- सरकारको असफलताबारे यस्तो छ कांग्रेसको १५ बुँदा
- एआई नअपनाए विकासशील देश पछि पर्ने विश्व बैङ्कको चेतावनी
- कमिसन माग्दा गाउँपालिकाका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
प्रतिकृया दिनुहोस