खेल

संदीपले लंका प्रिमियर लिग खेल्ने, कतिमा भए अनुबन्धन ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् ।

लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट सन्दीपले डम्बुला जायन्ट्सबाट लंका प्रिमियर लिग खेल्ने भएका हुन् ।

एलपीएलको ड्राफ्टमा मंगलबार डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।

सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो । लंका प्रिमियर लिग जुलाई ३१ बाट सुरु हुनेछ ।

तेस्रो संस्करणको प्रतियोगिता अगस्ट २१ सम्म चल्ने छ । प्रतियोगितामा ५ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा कुल २४ खेलहरु हुनेछ । अघिल्ला दुई संस्करणको उपाधि जाफ्ना किङ्सले जितेको थियो ।

गाउँ सहर संवाददाता