राजनीति

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

 

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ ।

कांग्रेसमा पदाधिकारी संख्या १४ छ। तर कोषाध्यक्ष मनोनीत हुन बाँकी छ । निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापति देउवाले कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म मनोनीत गरेका छैनन् ।

गाउँ सहर संवाददाता