बच्चाले लगाउने कपडाको बटन सुनकाे ल्याएपछि...
- गाउँ सहर संवाददाता
- २० असार सोमबार, २०७९ | १६:५६:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थिलमा दुबईबाट काठमाडौं आएका एक यात्रुको लगेज चेकजाँच गर्ने क्रममा १२५ ग्राम बराबर सुन फेला परेको छ ।
दुबईबाट आएका सुमन दमाईको लगेजमा नाबालकले लगाउने सिङ्गल पिस पोशाकको पाँच थानको टाँक (स्टिल बटन) भित्र लुकाईछिपाई राखिएको अवस्थामा ६० वटा सुनको रिङ फेला परेको हो ।
उक्त सुन फेला परेसँगै दमाईलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ ।
भिजिट भिषामा दुबई गएका दमाईले काम गर्ने अवसर नपाएपछि नेपाल फर्कने क्रममा दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाका लागि उपहार स्वरुप सो पोशाक नेपालसम्म पु-याइदिन अनुरोध गरेको बताएका छन् । स्टिल बटनको भित्री भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्रा जस्तै देखिने किसिमको छ ।
एउटा धातुबाट अर्को धातु लुकाईछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भन्ने हिसाबले योजनाबद्ध ढङ्गबाट बटनभित्र सुन फिट गरी पठाएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसमा क–कसको संलग्नता छ भन्ने थप कुरा अनुसन्धानबाट खुल्ने जनाइएको छ ।
यससँगै भन्सार कार्यालयले यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले ललाईफकाई कुनै मालवस्तु जस्तै : टर्च लाइट, आइरन, मिक्स्चर, रेडियो, स्पिकर, पानी तान्ने मोटर आदि आफन्तका लागि पु-याइदिन भनि अनुरोध गर्ने र चेकजाँचका क्रममा त्यसमा मालवस्तु फेला पर्ने गरेको जनाएको छ ।
त्यस्ता समानमा सुन, चाँदी वा अन्य अवैध वस्तु राखेको फेला परेपछि सम्बन्धित यात्रुले कानुन बमोजिम कारबाही भोग्नु परेको भन्दै भन्सारले सजग गराएको छ ।
त्यस्तो मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिन र नल्याउन सबै यात्रुहरूलाई भन्सार कार्यालयले अनुरोध गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस