माओवादी केन्द्रमा ३७३ सदस्यीय केन्द्रीय नाम टुंगो (नामावलीसहित)
- गाउँ सहर संवाददाता
- १९ असार आइतबार, २०७९ | २०:५१:०० मा प्रकाशित

काठमाडाैं । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।
३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।
त्यस्तै माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नाम पनि सार्वजनिक गरेको छ । ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य रहने भनिए पनि ८ जनाको नाम खाली राखिएको छ ।
यसअघि माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको थियो ।
माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्याएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस