ज्योति विकास बैंकको ज्योति रिकरिङ्ग खाता संचालनमा
- गाउँ सहर संवाददाता
- १९ असार आइतबार, २०७९ | २०:२१:०० मा प्रकाशित

काठमाडाैं । ज्योति विकास बैंकले "ज्योति रिकरिङ्ग डिपोजिट” निक्षेप योजना संचालनमा ल्याएको छ। ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै नियमित बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ आकर्षक ब्याजदर सहितको ज्योति रिकरिङ्ग खाता संचालनमा ल्याइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त योजना अन्तर्गत ग्राहकहरुले आवश्यकता अनुसार १ वर्ष देखि १० वर्ष सम्मका लागि मासिक रुपमा रकम जम्मा गर्न सक्नेछन्। व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस खातामा मासिक रुपमा न्यूनतम रु. ५०० का दरले क्रमिकरुपमा रकम जम्मा गर्दै जान सकिने बैंकले जनाएको छ ।
नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, साना उद्यमी व्यवसायी, निश्चित आम्दानी भएका कृषक, रेमिटान्स प्राप्त गर्ने ग्राहक, नवविवाहित दम्पति, युवा-युवतीहरु, अभिभावक वर्गहरुले भविष्यमा एकमुस्ट रकम प्राप्त गर्नको लागी मासिक रुपमा चाहेको निश्चित रकम नियमित रुपमा जम्मा गरि तोकिएको समय व्यतित भए पश्चात एकमुस्ट भुक्तानी लिन सक्नेछन्। साथै, आवश्यक परेको खण्डमा मौज्दातको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ।
ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ।
ज्योति विकास बैंकले हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस