वातावरण

शुक्रबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा

२०७९ असार १७ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा माैसम विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता