काठमाडौं । वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । आज दिउँसो २ः४५ बजे काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेका हुन् ।
नेकपा विभाजन हुनुअघि नै एकता अभियान चलाइरहेका गौतमले नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) याँ पार्टीको घोषणा गर्न लागेको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।
एमाले पनि विभाजन भएपछि सुस्ताएको गौतमको अभियानलाई उनले केही दिनअघि भेला गरेर ब्युँत्याउने प्रयास गरेका थिए । भेलामा उनले प्रतिवेदन पनि पेश गरेका थिए ।
६९ सदस्यीय केन्द्रीय कमिटी रहने उनले बताए । पार्टीको संयोजकमा वामदेव रहनेछन् । सचिवमा डिबी कार्की रहनेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस