गाउँ सहर

'जीएसपि रिक्रुटमेन्ट पार्नर्स मिट एण्ड नेटवर्किङ इभेन्ट २०२२' सम्पन्न

काठमाडाैं । ग्लोबल स्टडी पार्टनर (जिएसपि) ले 'जीएसपि रिक्रुटमेन्ट पार्नर्स मिट एण्ड नेटवर्किङ इभेन्ट २०२२' को आयोजना गरेको छ ।

होटल हिमालय ललितपुरमा यहि जुन १६ तारीखका दिन ग्लोबल स्टडी पार्टनर जिएसपिले उक्त कार्यक्रको आयोजना गरेको हो ।

प्रमुख अतिथीका रूपमा नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कको उपस्थिति रहेको थियो र कार्यक्रममा प्रमूख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै राजदूत फेलीसिटी भोल्कले विद्यार्थीलाई सचेत हुन आग्रह गर्दै, पारदर्शी वातवरण भएका शैक्षिक संस्था तथा विश्वविद्यालय छनोट गरी अध्ययन गर्न आग्रह गरे । साथै उनले एजेन्ट र शैक्षिक संस्थालाई स्वच्छ किसिमको प्रतिस्पर्धात्मक वातावरण बनाई अध्यापनमा सम्लग्न हुन आग्रह गरे । 

कार्यक्रममा ग्लोबल स्टडी पार्टनर (जिएसपि) का तर्फ बाट (जिएसपि) का नेपाल कन्ट्री डाइरेक्टर अनिल श्रेष्ठले स्वागत मतव्य राखे । साथै जिएसपिका प्रमुख कार्यकारी अधिकृत मिस इलेएन स्टार्कीले वैदेशिक अध्ययन अध्यापनमा अष्ट्रेलियाको अनुभव प्रस्तुत गरे भने चिफ ग्रोथ अफिसरु मिस्टर अलि बटले आगामी दिनको अध्ययन सम्भावना र भविस्यबारे आफ्ना कुराहरू राखे ।

कार्यक्रममा बोल्दै जिएसपिका सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर अशोक शाहीले जिएसपिको इन्ट्रो भिडियो प्रस्तुत गर्दै कि सेलिङ् प्रोडक्टस्बारे प्रकाश पारे । यसै गरी जिएसपिकी सिनियर एडमिसन् अफिसरू रश्मी सुवेदीले जिएसपिको पोर्टल र एडमिसन्बारे जानकारी गरार् ।

ग्लोबल स्टडी पार्टनरले कार्यक्रमको पछिल्लो अध्यायमा आफ्ना एजेन्टहरुसँग एक फरक शैलीको प्रश्न उत्तर पृष्ठ पनि समाहित गरेको थियो जसमा दुवै पक्षले आफ्ना अनुभव, समस्या र योजनाबारे बहुआयामिक तवरमा कुराहरू आदन प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा जिएसपिकि बिजनेस डेभलपमेन्ट म्यानेजर आस्था राज्य लक्ष्मी राणाले भोट अफ थ्याङ्क्स प्रस्तुत गरि कार्यक्रमको समापन गरेका थिए । साथै चिफ ग्रोथ अफिसर मिस्टर अलि बटले आफ्ना एजेन्टहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत