योगलाई जीवनोपयोगी साधनाका रूपमा ग्रहण गराैँ : राष्ट्रपति
- गाउँ सहर संवाददाता
- ७ असार मंगलबार, २०७९ | ०८:०१:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)का अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै भौतिक विकासबाट प्राप्त हुने मानवीय खुसीलाई योगाभ्यासबाट प्राप्त हुने सकारात्मक ऊर्जासँग जोड्दै सुखी, समुन्नत र शान्तिपूर्ण समाज निर्माण गर्न सबैलाई सफलता प्राप्त हुने उल्लेख गरिन् ।
सन्देशमा योग व्यक्तिको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास हो । यसकारण योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभएर चिन्तनसहितको क्रिया मानिएको छ । निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्नसकिने विश्वास व्यक्त गरिएको छ ।
योगको विकासमा नेपाली सभ्यताको योगदानबारे हाम्रा विद्वान्–विदुषी, अध्येता एवं योगगुरुहरूबाट प्रशस्त प्रकाश पारिएको छ । नेपालको भूमिमा उद्भव एवं विकास भएको मानिने शिव, जनक, बुद्ध, किरात र बोन सभ्यतामा योगको विशिष्ट स्थान रहेको उल्लेख गरिएको छ ।
सन्देशमा सामाजिक र सांस्कृतिक जीवनशैलीसँग जोडिएका वास्तुकला, चित्रकला र मूर्तिकलामा योगको प्रत्यक्ष उपस्थिति रहेको र योगलाई हाम्रो शिक्षाको अङ्गका रूपमा विकास गर्दै यसबारे हुने अध्ययन अनुसन्धानलाई थप सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता उल्लेख छ ।
यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योगका आठ सोपान अर्थात् अष्टाङ्ग योग नामकरणबारे सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा विश्वभर मनाउन थालिएको हो । ‘मानवताका लागि योग’ भन्ने मूल अभिप्रायका साथ यो दिवस मनाइने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस