पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढ्याे (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ६ असार सोमबार, २०७९ | १३:४३:०० मा प्रकाशित

काठमाडाैं । पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ।
इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ।
अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ।
त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ।
स्थानीय रूटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ।
नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको थियो।
हेर्नुहोस् बढेको भाडादरको सूची

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
प्रतिकृया दिनुहोस