स्वास्थ्य

देशभर अब ११० जना सक्रिय काेराेना संक्रमित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

आइतबार १२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता