अस्पाएर करियर एण्ड एजुकेसनको "Abroad Study: Australia" पाँचौ सेमिनार सम्पन्न
- गाउँ सहर संवाददाता
- ५ असार आइतबार, २०७९ | १९:३२:०० मा प्रकाशित

काठमाडाैँ । अस्पाएर करियर एण्ड एजुकेसनले "Abroad Study: Australia" नामक शैक्षिक परामर्शमुलक गोष्ठीको आयोजना गरेको छ। अठार जून 2022, शनिबारका दिन उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा अष्ट्रेलियाका प्रसिद्ध भेट प्रोभाईडर, कलेज तथा विश्वविद्यायालयका प्रतिनिधीहरुले अध्ययनमा जान इच्छुक विद्यार्थीहरुलाई गुणस्तरीय परामर्श प्रदान गरेका थिए।
सेमिनारमा, वैदेशिक अध्ययनका लागी प्रमुख गन्तव्यका रूपमा विकसित हुँदै आएको अस्ट्रेलियन अब्रोड स्टडिज को " स्ट्रेन्थ एण्ड विक्नेस" मा छलफल चलाइएको थियो। सेमिनारमा एजुकेसन पार्टनरका रूपमा वान एजुकेसन, एकेडेमीज अष्ट्रेलिया, कुइन्सफर्ड कलेज, एक्सेल्सिया कलेज सिड्नी, स्काइ लाइन इन्टरनेसनल कलेज, किङ्स अन इन्स्टिट्यूट जस्ता अष्ट्रेलियन शैक्षिक संस्थाका बारेमा जानकारी गराइएको थियो। कार्यक्रमको भेन्यु पार्टनरका रूपमा क्रष्ट पिज्जा एण्ड ब्रेडले सहयोग गरेको थियो।
अस्पाएर करियर एण्ड एजुकेसनले बेलाबेलामा यस्तो कार्यक्रमको आयोजना गरेर शैक्षिक बहस चलाउँदा अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा नेपालको आवाज बुलन्द बनाउने अस्पाएरका शाकार शर्मा जानकारी गराए । उनले भने, "हामी प्रत्येक महिना यस्तो सेमिनार आयोजना गर्नेछौँ।"

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस