कवि शान्ति शर्माको सपनाको समाधीमा नसोधिदिन बिन्ति सार्वजनिक
- गाउँ सहर संवाददाता
- ५ असार आइतबार, २०७९ | ०४:५८:०० मा प्रकाशित

काठमाडाैँ । साहित्यिक कर्ममा रमाउने सर्जक हरुको स्तरमापनको कडि उस्ले कतिवटा कृति पस्कियो भनेर होइन त्यो कृतिको घनत्व कति छ भनेर मापन गरिन्छ सायद । नेपाली साहित्य फाँटमा छोटो समयमै कृतिगत रुपमा उल्लेखनीय उपस्थिति जनाउने साहित्यकारको रुपमा उदियमान कवि शान्ति शर्मा को तेश्रो कविता संग्रहको एक कार्यक्रमको आयोजनाका बीच बिमोचन गरियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा दियालो साहित्य सरगमका उपाध्यक्ष शिवराम खड्काको सभापतित्व एवं बिशिष्ट अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका बाल साहित्य तथा लोकबार्ता विभाग प्रमुख कवि तथा समालोचक प्राज्ञ डा. देवी नेपाल गैर आवाशिय नेपाली संघका संस्थापक अध्यक्ष जीवा लामिछाने साझा प्रकाशनका महानिर्देशक तथा कवि प्रल्हाद पोखरेलको तथा अभिनेता धिरेन शाक्य एवं संगीतकार सुरेश अधिकारीको समुपस्थितिमा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरियो ।
कवि शान्ति शर्मा नेपाली साहित्य आकाशका सार्थक र सृजनात्मक चेतना सहितका सर्जक हुन् । स्वागत मन्तब्यका क्रममा बोल्दै दियालो साहित्य सरगमका कोषाध्यक्ष प्रकाश बस्नेत गफाडीले कवि शान्ति शर्माले कृतिमा मानव जीवनका यावत उत्साह निरासा, आवेग र मानबीय चेतहरुलाइ सुन्दर रुपले प्रस्तुत गरिएको हुंदा हुंदै पनि कविमनले सामाजिक , आर्थिक, परिवर्तनका लागि मानव जीवनका निराशाजनक आवेगहरुलाइ उत्शाहमा समेत रूपान्तरण गरिएकोमा संतोष ब्यक्त गरेका छन् ।यसैगरि पाठकीय समिक्षाका क्रममा मोमिला जोशीले शान्ति शर्माको काब्य कृतिमा जीवनको शृंगारिक पक्षलाइ केन्द्रमा राखेर रचना गर्न रुचाउने शर्माका रचनामा समसामयिक सिर्जनाभित्र प्रेम वा शृंगारको सुन्दर प्रयोग रहेको बताएकी छन् ।
कार्यक्रममा समालोचक डा.देवी नेपालले सर्जक शर्माले जीवन भोगाइका क्रममा आइपर्ने अड़चन सामान्य रहने बताउंदै सर्जक आफ्ना रचनामा अजम्बरी रहने बताउंदै सुन्दर तन र मन जस्तै बिचारले पनि सशक्त रहेको तर्फ इंगित गरेका छन् । हरेक मानिसले जीवनमा भोगेका परिघटना सशक्त रुपमा कविताको रुपमा प्रस्तुत हुन नसक्ने भएपनि कविले त्यसलाइ सुक्ष्म रुपमा काब्यीक शिल्पको प्रयोगले मानबीय सम्बेदनालाइ झंक्रित पार्ने सार्थक प्रयास गरेकोमा खुशी ब्यक्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि गंगा प्रसाद उप्रेतीले ‘’ सपनाको समाधि हेर्दा कवि शान्ति शर्माका कवितामा विद्रोह, असन्तुष्टि, आक्रोश, कुण्ठा, असहमति र निराशा व्यापक रूपमा प्रस्तुत भएको छ । २०७६ सालको राष्ट्रीय कविता प्रतियोगितामा बिजयी कवि शान्ति शर्माले प्रकृति,प्रेम, समसामयिक बिषयबस्तु लगायत बिगत र बरतमानमा समाज मात्र नभएर देश अनि पुरा बिश्वनै समस्याग्रस्त रुपमा रहेकोले कविले लेखकिय अनुशासनको सिमा भित्र रहेर सन्तुलन मिलाउने प्रयास गरेकोमा सन्तोष ब्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै सर्जक कवि शान्ति शर्माले २०७४ मा ‘’अम्लान फूल ‘’गजल संग्रहका साथै २०७६ मा ‘’बार्दलीमा जून ‘’मुक्तक संग्रहको लोकार्पण पछि पाठकीय सद्भाव प्रेप र हौसलाका कारण आज तेश्रो कृति कविता संग्रहको कोशेली यहाहरुको माझ पस्किने प्रयास गरेकी छु आशा छ बिगतमा जस्तै यहाहरुको स्वस्थ प्रतिक्रियाले आगामी दिनहरुमा मेरो निरंतर काब्य साधना मौलाउंदै झाङ्गिने सुअवसर प्राप्त हुनेछ । प्रस्तुत ‘’सपनाको समाधी ‘’मा यथार्थताको धरातलबाट आफुले कविता सृजना गरेको भएता पनि यसमा (कृतिमा) प्रस्तुत गरिएको सम्पूर्ण पक्षप्रति म सचेत रहंदै र भोलीका दिनमा प्राप्त रहने सार्थक अनि यथार्थपरक प्रतिक्रियाको उचित मूल्यांकन गर्दै आगामी लेखन कर्ममा सुधारको बचन दिंदै पाठक हरुलाइ निराश हुन नदिने बचनबद्धता ब्यक्त गर्दछु । साझा प्रकाशन द्वारा प्रकाशित पुस्तकको बजार मूल्य २३०/-रहेको छ भने यसमा ४७ कविता संग्रहित गरिएको छ ।
कार्यक्रममा नसोधिदेउ बिन्ति नामक म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । गणेश प्रसाद खतिवडा द्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस