२०७९ असार ०३ गते शुक्रबार देखि २०७९ असार ९ गते बिहीबार सम्मकाे माैसम कस्ताे छ ?
- गाउँ सहर संवाददाता
- ३ असार शुक्रबार, २०७९ | १९:५०:०० मा प्रकाशित

काठमाडाैँ । जल तथा माैसम विभागले आगामी साताको मौसमी सारांश यसरी प्रस्तुत गरेकाे छ ।
१) उच्च पहाडी तथा हिमाली भूभाग
साताको सुरुवातमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात । साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात ।
२) पहाडी भूभाग
साताको सुरुवातमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेग गर्जन चट्याङ्ग हल्का देखि मध्यम वर्षा । साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकीका केही स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेग गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा ।
३) तराई भू-भाग
साताको सुरुवातमा प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा । साताको मध्य तथा अन्त्यमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेग गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा ।
४) साताको सुरुवातमा प्रदेश १, मधेश प्रदेश, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना ।
५) साताको अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस