बूढीगङ्गामा असार २३ गते पुनःनिर्वाचन
- गाउँ सहर संवाददाता
- ३ असार शुक्रबार, २०७९ | ०८:१९:०० मा प्रकाशित

बाजुरा । बूढीगङ्गा नगरपालिकामा असार २३ गते पुन निर्वाचन हुने भएको छ । विहीबार बसेको सर्वपक्षीय बैठकमा सहमती भएपछि असार २३ गते निर्वाचनको समय तोकिएको बूढीगङ्गा नगरपालिकाको निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दिएको मुद्दाको कम्तीमा एक पटक सुनुवाइ सुन्ने गरी बैठक सार्नु पर्ने एमालेले माग राख्दै आएका थियो । जनप्रतिनिधि विहीन हुँदा बूढीगङ्गा नगरपालिकाका स्थानीयको काम कार्य सहजमा भएकोले समयमै निर्वाचन हुनुपर्ने कांग्रेसको मागको थियो ।
सर्वदलीय बैंठकले असार २३ गते निर्वाचनको समय तोकिएपछि स्थानीयले बल्ल जनप्रतिनिधि पाउँने आशा राखेका छन् । वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बाजुराका नौ वटा स्थानीय तह मध्ये बूढीगङ्गा नगरपालिकामा फर्जि मत हाल्ने विषयमा धाँधली हुँदा यहाँको मतगणना रोकिएको थियो ।
कांग्रेस र एमालेले आफ्नो पहुँचका मतकेन्द्रमा एकलौटी मत प्रयोग गरेपछि मतगणना रोकिएको थियो । बूढीगङ्गा नगरपालिकाको २, ३, ५, ९ मा नेकपा एमाले र ४, ७ मा नेपाली कांग्रेसका कार्यक्रताले एकलौटी मतदान गरेपछि धाँधली भएको स्थानीयले बताएका छन् ।
बाजुरामा अहिले दुइ नगर तीन गाउँपालिका एमालेको जित भएको छ भने एक नगरपालिका र दुइ गाउँपालिका कांग्रेसले जितेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस