उतार चढावबीच शेयरबजार झिनाे अंकले बढ्याे, काराेबार अर्ब नाघ्याे
- गाउँ सहर संवाददाता
- २ असार बिहीबार, २०७९ | १५:५६:०० मा प्रकाशित

काठमाडाैं । लगातार घटिरहेकाे शेयरबजार परिसूचक नेप्से बिहीबार झिनाे अंकले उकालाे लागेकाे छ । यसदिन नेप्से १२ अंकले बढेको छ ।
यो दिन बजार मापन गर्ने सूचक १२.५७ अंकले बढेर परिसूचक १९७८.९४ बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१० अंकले बढेर ३८२ बिन्दुमा रोकिएको छ । २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१९ रुपैयाँको सेयर किनबेच भएको छ ।
यस दिन आँधिखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने रिभर फल्स हाइड्रोपावर, सामुदायीक लघुवित्त र कालिका लघुवित्तको शेयरमूल्य बढेका छन् ।
लुम्बिनी जनरल इन्स्योरेन्स, राष्ट्र उत्थान लघुवित्त, माउन्टेन इनर्जीको शेयरमूल्य घटेको छ ।
बिहीबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनसिसि बैंकको १० करोड ३५ लाख, सिभिल बैंकको ४ करोड ७१ लाख र एनआइसि एशिया बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस