रामेछापकाे जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | १४:०५:०० मा प्रकाशित
रामेछाप । जिल्ला समन्वय समिति रामेछापमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रकाे गठबन्धन विजयी भएकाे छ ।
आइतबार भएकाे जिल्ला समन्वय समितिको निर्वाचनबाट गठबन्धन दल विजयी भएकाे हाे ।
बिहीबार कांग्रेस र दुई माओवादीले संयुक्त रूपमा उम्मेदवारी दर्ता गरेका थिए ।
कांग्रेस र माओवादीबीचको सहमति अनुसार प्रमुखसहित ४ पदमा कांग्रेसले र उपप्रमुखसहित ५ पदमा माओवादी केन्द्रले विजयी भएका छन् ।
गठबन्धनबाट समन्वय समिति प्रमुखमा कांग्रेसबाट चिना कार्की र उपप्रमुखमा प्रेमबहादुर थापा माओवादीबाट विजयी भएका छन् ।
यस्तै एमालेले प्रमुखमा तुलाप्रसाद कँडेल र उपप्रमुखमा सावित्री सुनुवारले उम्मेदवारी दर्ता गराएका थिए । उनीहरूले ६-६ मत प्राप्त गरे ।
गठवन्धनको पक्षमा नेपाली कांग्रेसकाे ७ र माओवादीकाे ३ गरि १० मत थियाे भने एमालेसँग ६ मत थियाे ।
गठबन्धन दलका विजयी उम्मेद्वार
१) प्रमुख - चिना खड्का कार्की (नेपाली कांग्रेस)
२) उप-प्रमुख - प्रेमबहादुर थापा ( माओवादी केन्द्र)
३) सदस्य - बाबुलाल याेन्जन ( नेपाली कांग्रेस)
४) सदस्य - अनिषा माझी (नेपाली कांग्रेस)
५) सदस्य - बीरबहादुर कार्की (नेपाली कांग्रेस)
६) सदस्य - हीराकुमारी गिरी (माओवादी केन्द्र)
७) सदस्य - डम्बरकुमारी रसाइली (माओवादी केन्द्र)
८) सदस्य - बिन्दा सार्की ( माओवादी केन्द्र)
९) सदस्य - बिक्रम थापामगर ( माओवादी केन्द्र)

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस