नेपालले अमेरिकासँग बराबरी खेल्याे
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | ०७:०२:०० मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग -२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले अमेरिकासँगकाे बराबरीमा अंक बाडेकाे छ ।
अमेरिकाकाे ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो । जवाफमा स्टेभेन टेलरले शतक प्रहार गरे पनि अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन नै बनायो ।
‘डेब्यु’ गरिरहेका मोहम्मद आदिल आलमले अन्तिम ओभरमा सानदार बलिङ गरेपछि नेपाल र अमेरिकाबीच खेल नाटकीय रुपमा ‘टाई’ मा टुंगिएको छ । दुवै टोलीले १–१ अंक पाएका छन् ।
अन्तिम ओभरमा अमेरिकालाई जितका लागि ६ रन चाहिएकाे थियाे । नेपालमा आदिल अन्सारीले बलिङ गरेकाे उक्त ओभरमा सबैखाले नाटक देखियाे । सुरुआती तीन बलमा अमेरिकाले एक/एक रन जाेड्याे । चाैथाे बल नाे बल भएपछि अमेरिकाले नाे बलमा एक रन जाेड्दै रन बराबरी गर्दै जित नजिक पुगेकाे थियाे ।
तर, अन्तिम दुई बलमा नेपालले विकेट लियाे । पाँचाै बलमा आदिलले आराेन जाेन्सलाई राेहित पाैडेलबाट क्याचआउट गराए । त्यस्तै अन्तिम बलमा आदिल र दीपेन्द्र सिंह ऐरीले राहुल जरिवालाई रनआउट गर्दै खेल बराबरी गरेका हुन् ।
एक दिवसीय अन्तर्राष्ट्रियको डेब्युमै ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हारबाट जोगाएका आदि अन्सारी खेलको म्यान अफ दि म्याच घोषित भए ।
लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ । अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस