अर्थतन्त्र

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको रेटिंग अद्यावधिक

काठमाडौँ । इक्रा नेपालले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको रेटिंग अद्यावधिक गरेको छ ।

इक्राले विगतमा प्रदान गरेको निष्कासनकर्ता रेटिंग इक्रा एनपी आईआर बीबीबी माइनसलाई इक्रा एनपी आईआर बीबीबीमा अपग्रेड गरेको हो । उक्त रेटिंग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित मानिन्छन् ।

यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहने इक्राले बताएको छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले बताएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

गाउँ सहर संवाददाता

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत