अमेरिकी सैनिक जनरल नेपालमा, किन आए भ्रमणमा ?
- गाउँ सहर संवाददाता
- २६ जेठ बिहीबार, २०७९ | १६:५७:०० मा प्रकाशित
काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् ।
बिहीबार दिउँसो इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट प्रमुख फ्लिन काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गरेका छन् ।
त्यस्तै, शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधान सेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलबीच भेटवार्ता हुँदैछ । प्रधान सेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोजको आयोजना गरेका छन् ।
चार दिन नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति शर्मासहित विभिन्न उच्च अधिकारीलाई भेट्ने जनाइएको छ ।
अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने सैन्य मामिलाका विज्ञहरूले बताएका छन् ।
उनको भ्रमणको मूल उद्देश्य दुई सेनाबीचको सम्बन्ध थप सुदृढ गर्ने रहेको सैनिक अधिकारीहरू बताउँछन् ।
शनिवार बिहान जेनरल फ्लिन सगरमाथा आधारशिविरको भ्रमणमा जाने कार्यक्रम छ ।
आइतवार बिहानै उनले पाँचखालस्थित नेपाली सेनाको शान्ति सैनिक तालिम केन्द्रको भ्रमण गर्ने छन् ।
त्यहाँबाट फर्केर उनी काठमाण्डूको शिवपुरीमा रहेको नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेज पुग्ने र सम्भवतः शिक्षार्थीहरूलाई सम्बोधन गर्ने बताइएको छ ।
उच्च अमेरिकी सैनिक अधिकारीको भारत र नेपाल भ्रमणले द्विपक्षीय विषयबाहेक दक्षिण एशियामा चीनको प्रभावबारे जानकारी प्राप्त गर्ने अवसरका रूपमा पनि हेरेका छन् ।
इन्डो-प्यासिफिकअन्तर्गत क्वाड भनिने सुरक्षा गठबन्धनमा अस्ट्रेलिया, अमेरिका, जापान र भारत सम्मिलित छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस