गाउँ सहर

YOYOSO को डिपार्मेन्ट स्टोरबाट सामान चोरी गर्ने पक्राउ

काठमाडाैँ । का.म.न.पा.वडा नं २८ पुतलीसडकमा मुख्य कार्यालय रहेको YOYOSO सुपर मार्केट प्रा.लि. को विभिन्न शाखा कार्यालयबाट सामान किन्ने बहाना बनाई डिपार्मेन्ट स्टोरमा प्रबेश गरी विभिन्न सर सामान चोरी गर्ने पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा का.म.न.पा.वडा न ९ गौशाला घर भई हाल का.जि.का.म.न.पा. वडा न ४ चन्डोल बस्ने वर्ष ५१ को मुना सिंह रहेका छन् ।

उनकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता