सहमति भएपछि भोलिबाट काठमाडौंको फोहोर उठ्ने
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | २२:०१:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहर मंगलबारदेखि नै उठाउने सहमति भएको छ । काठमाडौंमा दस दिनदेखि थुप्रिएको फोहोर मंगलबार बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको हाे ।
सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको हो ।
सहमतिअनुसार फोहरलाई स्रोतमै छुट्याउने प्रक्रिया सुरु गर्दै हाल उपत्यकामा थुप्रिएका फोहरलाई अहिलेकै अवस्थामा बढीमा असार मसान्त उठाई लैजानका लागि जेठ २४ गतेदेखि नै उठाउने र माटोले फोहर छोप्ने व्यवस्था मिलाइनेछ।
यस्तै, काठमाडौं महानगरपालिकाले धुनिवेसी नगरपालिका वडा नम्बर १, ३, ४ र ककनीको वडा नम्बर १, २ र ३ का प्रभावित क्षेत्रका स्थायी बसोबास गरिरहेका बासिन्दालाई नेपाल स्वास्थ्य बिमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बिमा गर्ने र यो कामको सुरुवात एक हप्ताभित्र गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौंले साउन १ देखि उपत्यकामा उत्पादन हुने फोहरलाई स्रोतमै वर्गीकरण गरी लैजाने व्यवस्था गर्ने र वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदनका आधारमा व्यवस्थापन योजना बनाएर ६ महिनाभित्र सिसडोलको पोस्ट क्लोजरको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाएको छ।
धुनिवेसी नगरपालिकाको वडा नम्बर १, ३, ४ र ककनीको १, २ र ३ का प्रभावित क्षेत्रका वडाहरुको पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति भएको छ।
यस्तै, सहरी विकास मन्त्रालयले बन्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रमा मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्ना ५ वटा सडकका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि १ करोड ७० लाख विनियोजन गरिएको जनाएको छ।
सहमतिपत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, धुनिवेशी नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी नगरपालिकाका तर्फबाट गीताकुमारी शर्माले हस्ताक्षर गरेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस